Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

Reporter

सरकार र चिकित्सक संघबीच सहमति भएको छ। आइतबार दिउँसो स्वास्थ्य मन्त्रालयमा भएको दुई पक्षबीचको छलफलमा ६ बुँदे सहमती भएको हो।

सहमतीसँगै चिकित्सकहरूले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको छ।

भदौ २७ गते सन्चो अस्पतालका चिकित्सक डा विकास थापा र डा प्रशान्त बिडारीमाथी अस्पतालमा कुटपिट भएको थियो।

कुटपिटपश्चात नेपाल चिकित्सक संघले पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेपछि सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको