
अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री हिजो राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका आइपुगेका थिए ।
अमेरिका आइपुगेलगत्तै उनको राष्ट्रसंघका महासचिवसँग भेटवार्ता भएको प्रधानमन्त्रीसँगै न्यूयोर्क रहेका प्रधानमन्त्रीका फोटोपत्रकार प्रदीपराज वन्तले जानकारी दिए ।
एन्टिनियोसँगको भेटप्रति प्रधानमन्त्री प्रचण्डले खुसी ब्यक्त गरेका छन् । महासचिव गुटरेस र प्रधानमन्त्री प्रचण्डबीच नेपालको शान्ति प्रक्रिया, जलबायु परिवर्तन, एसडिजी, एलडिसी र विकास वित्तपोषण लगायतका विभिन्न विषयमा केन्द्रीत रहेर वार्तामा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
साथै वार्तामा नेपालमा संयुक्त राष्ट्रसंघको संग्लन्न्ता र साक्षेदारीलाई अझ सुढृढ गर्नेबारे पनि कुराकानी भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।