Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

चलचित्र विकास बोर्डले ११ जना कलाकारलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार प्रदान गर्ने

Reporter

चलचित्र विकास बोर्डले संविधान दिवस २०८० का अवसरमा चलचित्रकर्मी कल्याणकोष सञ्चालन समिति सहित ११ जना कलाकारहरुलाई सम्मान गर्ने भएको छ ।

बोर्डको आइतबार बसेको बैठकले उनीहरुलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार, २०८०’ प्रदान गरिने बोर्डका प्रवक्ता केएल बुढाथोकीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

मंगलबार बोर्डमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उनीहरुलाई पुरस्कार प्रदान गर्नेछिन् ।

पुरस्कृत हुनेहरुमा कलाकार मदनकृष्ण श्रेष्ठ, विजयराज तुलाधर, मिथिला शर्मा, दयाराम दाहाल, मुकुन्द किशोर भट्टराई, श्याम सापकोटा, रेखा थापा, दिपाश्री निरौला, मनोज पडित तथा मीन बहादुर भाम रहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको