Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

११ बर्षे बालकले गरे आफ्नै हजुरआमाको गोली हानी हत्या

admin

अमेरिकाको एरिजोनामा ११ वर्षका एक बालकले आफ्नै हजुरआमाको गोली हानी हत्या गरेपछि आत्महत्या गरेका छन् । डोइले हर्बर्टले पुलिसलाई दिएको जानकारी अनुसार उनकी ६५ वर्षे श्रीमती भोन्ने वुडार्डले शनिबार ती बालकलाई आफ्नो कोठा आफैं सफा गर्न अह्राएकी थिइन् ।

मेरिकोपा काउन्टी पुलिस कार्यालयका प्रवक्ता सार्जेन्ट एनरिक्युजका अनुसार उत्तर–पश्चिम फोनिक्सको लिचफिल्ड पार्क इलाकामा बस्ने यी बालकको कस्टडी उनका हजुरबुवा–हजुरआमासँग थियो । पुलिसले जारी गरेको बयान अनुसार त्यसै दिन बेलुका उक्त जोडी टिभी हेरिरहेका थिए र एकाएक उनीहरुका नाती पछाडिबाट आएर हजुरआमाको टाउकोमा गोली हाने ।

‘हर्बर्ट त्यसपछि आफ्ना नातीको पछि लागे तर वुडवार्टलाई सहयोग गर्न तत्काल फर्किए,’ पुलिसले बतायो । हर्बर्टले श्रीमतीलाई अस्पताल लैजाने तरखर गरिरहेका बेला उनले बन्दुकको अर्को आवाज सुनेको र आफ्ना ११ वर्षे नातीले आत्महत्या गरेको पनि देखे ।

पुलिसका अनुसार उक्त हतियार हर्बर्टको हो र ती बालकले आफूलाई र अन्य कसैलाई हानी गर्लान् भन्ने कुनै शंकासमेत थिएन । मेरिकोपा काउन्टी सेरिफको कार्यालयका अनुसार यसबारे अनुसन्धान जारी छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको