Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

भारदेउ टिमले च्याम्पियन ट्रफी उचाल्दा प्रयाग पोखरी डोजोले दोस्रोमा चित्त बुझायो

admin

ललितपुर, – सितोरियो कराते संघ शाखा डोजो भारदेउले ललितपुरको भारदेउमा आयोजना गरेको दोस्रो कोन्ज्योसोम खुला कराते प्रतियोगितामा आयोजक भारदेउ टिमले ५ स्वर्ण, ६ रजत र २ कास्य पदक जित्दै टिम च्याम्पियनशिपको ट्रफी जितेको छ । त्यस्तै उक्त प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ६ कास्य पदक सहित प्रयाग पोखरी डोजो दोस्रो र ४ स्वर्ण, ३ रजत र १ कास्य पदक सहित काभ्रे डोजोले तेस्रो स्थान हासिल गरेका छन् । प्रतियोगिता अन्तर्गत पुरुष तर्फको खेलमा ठिमी डोजोका शिरिस श्रेष्ठ र महिलामा भारदेउ डोजोकी अस्मिता तमाङ उत्कृष्ट खेलाडी घोशित भएका छन् । त्यस्तै प्रतियोगिता अन्तर्गत प्रगतीकिरण स्कुलका सन्तोष मल्ल र गंगाजमुना स्कुलकी सुप्रभा थापा क्रमश पुरुष र महिला तर्फको उदयीमान खेलाडी घोशित भए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको