Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का विजयी

Reporter

पूर्वखेलाडी पारस खड्का नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा विजयी भएका छन् । शनिबार भएको क्यानको निर्वाचनमा अर्का प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पराजित गर्दै खड्का सचिवमा निर्वाचित भएका हुन् ।

अन्तिम मत परिणाम अनुसार कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत प्राप्त गरे भने प्रशान्तले ३७ मत प्राप्त गरे । बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष समेत रहेका पारस खड्का क्यानको सचिवमा अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका थिए ।

क्यानको अध्यक्षमा चुतरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भए । महिला सदस्यमा जयन्तीदेवी भट्ट र प्रदेशबाट निर्वाचित हुने कार्यसमिति सदस्यमा कर्णालीबाट श्रीधर केसी, लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध भए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको