Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

Reporter

प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङको औपचारिक भेट भएको छ । एसियाली खेलकुदको औपचारिक उद्घाटनको क्रममा सहभागी हुन आएका सिरिया, कुवेत, कम्बोडिया, पूर्वी टिमोर लगायतका सरकार तथा राष्ट्रप्रमुखहरुसँग भेट गर्ने क्रममा सी र दाहालकाे भेट भएको हो । भेटमा प्रधानमन्त्री दाहालले नेपाल चीन सम्बन्ध रणनीतिक तहमा पुगेको भन्दै एसियाली खेलकुदको व्यस्तता हुँदा पनि भेट भएकोले सीको तारिफ गर्नुभयो ।

सीले सिरियाका राष्ट्रपति बसर अल असद र कुवेतका राजकुमार शेख मेसाल अल अहमद अल जबर अल सबसँग शुक्रबार भेट गर्नुभएकाे थियाे । दाहालभन्दा अगाडि आजै सीले कम्बोडियाका राजा नरोदम सिहामोनी, पूर्वी टिमोरका प्रधानमन्त्री सानाना गुस्माओसग पनि भेट गर्नुभएको थियो ।भेटमा दुई पक्षको हित र खेलकुद बारेमा छलफल भएको बताइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको