Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

संसदीय समितिको बैठक बस्दै

Reporter

आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाका तीन समितिको बैठक बस्दैछन्।

प्रतिनिधिसभातर्फका पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना समिति तथा राष्ट्रियसभाको दिगो विकास तथा शुसासन समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे समितिको हल सिंहदरबारमा बस्ने पुर्वाधार विकास समितीको बैठकमा समितिको भावी कार्ययोजनाबारे छलफल हुने संसद् सचिवालयले जनाएको छ।

यस्तै ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा एमबिबिएस अध्ययनरत एवम् अनशनरत विद्यार्थीको समस्याबारे त्रिभुवन विश्वविद्यालयका उपकुलपति, नेपाल मेडिकल काउन्सिल र त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्रतिनिधिसँग छलफल गर्ने कार्यसूची छ।

दिउँसो १ बजे बस्ने दिगो विकास तथा शुसासन समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रति असन्तुष्ट जाहेर गर्दै आन्दोलनरत सरोकारवालासँग छलफल गरिने भएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको