Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित

Reporter

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज तोकिएको पेसी पनि स्थगित भएको छ । फैसला चरणमा पुगिसकेको मुद्दामा पेसी तोकिएर सुनवाइ स्थगित भएको आजसहित १७औं पटक हो ।

न्यायाधीश अभावका कारण उनको मुद्दा पेसी नचढेको बताइएको छ । जिल्ला अदालतका न्यायाधीशहरूले विभिन्न बहाना बनाएर मुद्दाको फैसलालाई धकेल्दै आइरहेका छन् । केही दिनअघि मात्र केही न्यायाधीशको सरुवा तथा केही उच्चमा बढुवा भएका छन् । सरुवा भएका न्यायाधीशहरूले गोला ताने पनि इजलासमा बस्दैनन् । सरुवा भएर आउने न्यायाधीश पनि अदालतमा रमाना लिएर नआइसकेकाले मुद्दाको सुनुवाइ स्थगित घोषणा गरिएको बताइएको छ ।

सन्दीपको मुद्दा हेर्न जिल्ला अदालतका न्यायाधीशहरू अनिच्छुक देखिँदै आएका छन् । मुद्दाको फैसला आफूले गर्न नपरोस् भन्ने सबै न्यायाधीशहरूको चेष्टा छ । जे फैसला गर्दा पनि विवादित हुन सक्ने चिन्तामा न्यायाधीशहरू छन् ।

सन्दीपको मुद्दामा पेसी तोकिएको आज २९औं पटक थियो । मुद्दाको फैसला पेसी १७औं पटक स्थगित भएको छ । मुद्दा फैसला चरणमा प्रवेश गरेको सात महिना भइसकेको छ । पहिलो फैसला पेसी गत माघ ९ गते नारायणप्रसाद दाहालको इजलासमा परेको थियो । उक्त पेसी जिल्ला सरकारी वकिलको कार्यालयबाट स्थगत गराइयो । त्यसपछि माघकै २३ गते चन्द्रप्रकाश तिवारीको इजलासमा तोकिएको पेसी पनि जिल्ला सरकारी वकिल कार्यालयले नै स्थगित गरायो ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको