Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

अमेरिकाले नेपाललाई प्रदान गर्ने करिब ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सहयोग रोक्यो १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने पोखरा भ्रमण वर्षको उद्घाटनमा घाइते भएका अर्थमन्त्री पौडेललाई राष्ट्रपतिले भेट्ने

काठमाडौंको मूलपानीमा दिउँसै बालिका बलात्कृत

admin

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा बुधबार दिउँसै बालिका बलात्कृत भएकी छन् । दिउँसो १२ बजेतिर क्रिकेट मैदानको कम्पाउन्ड पर्खाल लगाउने मजदुरहरुले मैदान नजिकै बस्ने १२ वर्षकी बालिका बलात्कार गरेका प्रहरीले बताएको छ ।

कागेश्वरी मनहरा नगरपालिका ७ मा पर्ने उक्त क्रिकेट मैदानभित्र घुम्न आएका बेला बालिका बलात्कारमा परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी होविन्द्र वोगटीले जानकारी दिए । घटनामा संलग्नको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाका नरेश चौधरी, बिक्कु थारु, डिल्लीराम थारु र धादिङका रविन इटनी रहेका छन् ।

घटनाको बारेमा स्थानीय र बालिकाको अभिभावकले जानकारी दिनेवित्तिकै मनहरा प्रहरी चौकी र महानगरीय प्रहरी वृत्त वौद्धको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । बालिकाको पनि बुधबार नै स्वास्थ्य परीक्षण गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको