Logo
31 Jan 2023    १७ माघ २०७९, मंगलवार

ताजा खबर

छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड )को मनोनयन सार्वजनिक सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता लगातार सेयर बजार घट्नेक्रममा रोयल लाउञ्ज ब्याङ्क्वेट र बाजेको सेकुवालाई एक लाख जरिवाना काठमाडौँको कागेश्वरिमा मनाइयो सहिद दिवस राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते

गोरेको हत्या आशंका, एक जना नियन्त्रणमा

admin

महालक्ष्मी नगरपालिका-३ डाँडागाउँ बस्ने ६५ वर्षीय गोरेबहादुर तामाङको हत्या भएको प्रहरीले आशंका गरेको छ । प्रारम्भीक अनुसन्धानका क्रममा गोरेको हत्या भएको हुनसक्ने भन्दै प्रहरीले डाँडागाउँकै ४० वर्षीय सत्यजंग तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । गोरे सोही ठाउँको बारीमा मृत अवस्थामा फेला परेका थिए ।

पक्राउ परेका सत्यजंगको घरमा खानतलासी गर्दा १ नाल भरुवा बन्दुक र १ थान खुकुरीसमेत भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको