Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु

admin

सोलखुम्बु  : खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ । सगरमाथा क्षेत्र भ्रमणमा आएका अष्ट्रिया र युक्रेनी नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको इम्चाचे हिमाल आरोहण गरी आइलमपिक हुँदै फर्कने क्रममा डोरीबाट चिप्लिएर झर्दा अष्ट्रियाकी २९ वर्षीया जिल समसी भेराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।
उनी कात्तिक १० गते पाँच जनाको टोलीसहित खुम्बु भ्रमणमा आएकी थिइन् ।

यसैबीच, युक्रेनी पुरुष नागरिक ४८ वर्षीय एक्सम्यान्स्को खोम्यान्को सेहीको पनि आजै मृत्यु भएको छ । खुम्बु भ्रमणमा आएका खोम्यान्को खुम्बुकै बैङ्करस्थित लालीगुँरास होटलमा बास बसेर मञ्जु भन्ने स्थानमा झर्ने क्रममा मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

आज बिहान करीब ११ः५५ को समयमा श्रीमतीसमेत सँगै भएको बेला अचानक मृत्यु भएको बताइएको छ । मृतकको शव लुक्ला ल्याई आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काठमाडौ लगिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको