Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु ,पूर्व पश्चिम राजमार्ग अवरुद्ध

admin

चितवनको हर्दीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनापछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटैमा रोकिएका छन् ।

राप्ती नगरपालिका ९ हर्दीमा नम्बर नखुलेको सवारीले विहान ३ बजेतिर ना ४० प ७०२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्ती १ का २९ वर्षीय रमेशबाबु त्रिपाठीको भरतपुर अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको छ ।
घटनाको विरोधमा स्थानीयबासीले शनिबार विहानदैखि राजमार्ग अवरुद्ध पारेका छन् । पूर्व पश्चिम राजमार्ग नै अवरुद्ध हुँदा तिहार सकेर काठमाडौं फर्किँदै गरेका यात्रुहरु बाटैमा रोकिएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको