Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो

Reporter

विश्वकप क्रिकेट अघि भएको अभ्यास खेलमा न्यूजील्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ ।

शुक्रबार राति सम्पन्न खेलमा पाकिस्तानले दिएको ३४६ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ४३.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

न्यूजील्याण्डको जितमा राचीन रविन्द्रले सर्बाधिक ९७ रन बनाए भने मार्क चापम्यानले अविजित ६५, डार्यल मिचेलले ५९, केन विलियम्सनले ५४ र जेम्स निशामले अविजित ३३ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको पाकिस्तानले ५० ओभरमा ५ विकेट गुमाएर ३४५ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले १०३ रन बनाएका थिए भने कप्तान बाबर आजमले ८०, साउद शकीलले ७५ रन बनाएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको