Logo
23 Jul 2024    ८ श्रावण २०८१, मंगलवार

ताजा खबर

विद्यार्थी छात्रवृत्ति परीक्षामा ८ हजार १९७ जना उत्तीर्ण कांग्रेस सांसद सुनिल शर्माविरुद्ध नक्कली प्रमाणपत्रमा मुद्दा नचल्ने प्रतिनिधिसभा बैठक बस्दै ‘नालापानी’को नया ट्रेलर सार्वजनिक,श्रावण २५ बाट देशभर प्रदर्शन हुँदै रामदत्त जोशी एआइजीपीमा बढुवा सिफारिस दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

मणिपालमा चिकित्सकमाथि हातपातमा संग्लन थप ७ जना प्रकाउ

Reporter

पोखराको मणिपाल शिक्षण अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपातमा संग्लन थप ७ जना प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अस्पतालमा आइतबार बिहान उपचारका लागि पुगेकी लमजुङ सुन्दरबजारकी ५७ वर्षीया सुकमाया दुराको सोमबार दिउँसो मृत्यु भएपछि उनका आफन्त र पछि ठूलो हुल आएर चिकित्सकहरुमाथि आक्रमण गर्नुका साथै अस्पतालको भौतिक सरचना समेत तोडफोड गरेका थिए ।

 

सोमबार नै चिकित्सकमाथि हातपातमा संग्लन विनय गुरुङ पक्राउ परेका थिए । उक्त घटनामा शुक्रबार राति थप ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। शुक्रबार पोखरा न्युरोडबाट सुजित मुल्मी, मनिष थापा, अविनाश, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख उपरीक्षक मोहन थापाले बताउनुभयो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको