Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

Reporter

समाजवादी महिला संघले आफ्ना संघीय र प्रदेशका सांसदहरुलाई सम्मान गरेको छ ।

 

संघकी अध्यक्ष निर्मला यादवको सभापतित्वमा शनिबार एक कार्यक्रम आयोजना गरेर पार्टीका संघीय र प्रदेशक सांसदहरुलाई सम्मान गरिएको हो ।

 

कार्यक्रमका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले सांसदहरुलाई सम्मान पत्र वितरण गर्नुभयो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले पार्टीको विस्तारका लागि महिला संघको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

 

यसैबीच,आइतबार संघकोे केन्द्रीय समितिको बैठक बस्ने भएको छ, बैठकमा संघका गतिविधि र आगामी रणनीतिका बारेमा छलफल हुने संघले जानकारी दिएको छ ।

 

जनता समाजवादी पार्टीको महिला संगठन समाजवादी महिला संघले संघीयता, सुशासन, समृद्धिको आवश्यकता, कायम गरौं लैंगिक समानता भन्ने नारालाई जोड दिएर अघि बढिरहेको सो अवसरमा बताइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको