Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी

Reporter

अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको बताउनु भएको छ । शनिबार जनकपुरधाम उद्योग बाणिज्य संघको ५६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले देशको आर्थिक अवस्था सुधारोन्मुख अवस्थामा रहेको बताउनुभयो । उहाँले आम्दानीभन्दा खर्च बढी रहेका कारण देशको आर्थिक अवस्था कमजोर हुन गएकाले अब सरकारले खर्चलाई व्यवस्थित गर्ने बताउनुभयो ।

अर्थमन्त्री महतले प्रमुख आम्दानीको श्रोत राजश्व संकलन हुन नसकेको बताउनुभयो । उहाँले अहिले पूँजीगत लगानी ३ सय २ अर्ब र ऋण साबा ब्याजको खर्चमात्रै ३ सय ७ अर्ब रहेको जानकारी दिनुभयो । कार्यक्रममा एमाले नेतृ जुली महतोले बजेटमा सरकारले मधेश सरकारलाई विभेद गरेको भन्दै जनकपुरधामको विकास बजेटमा कन्जुसाई नगर्न आग्रह गर्नुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको