Logo
18 Jul 2024    ३ श्रावण २०८१, बिहीबार

ताजा खबर

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशमा रहेका विद्यार्थीलाई आग्रह गृहमन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थल सिमलतालमा अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा मिनिल्यान्ड सहभागी राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण महान्यायाधिवक्ता पोखरेलको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको भेटवार्ता

होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी

Reporter

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित उषा बालबाटिका विद्यालयमा आवासीय अध्ययन गरिरहेका एक ८ बर्षिय बालक मृत भेटिएका छन्।

वीरेन्द्रनगर नगरपालिका६ मा रहेको विद्यालयको होस्टेलमा २ कक्षामा पढ्ने बालक झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत भेटिएका बालक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका– १ का सलाम पुलामी मगर हुन्।

बालकको शव अहिलेसम्म उठाइएको छैन। आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै शव उठाउन दिएका छैनन् भने विद्यालयमा तोडफोड र आगजनी गरेका छन्।

विद्यालय क्षेत्र अहिले तनावग्रस्त छ। घटना शंकास्पद रहेको भन्दै आफन्त आक्रोशित छन्। स्थिति नियन्त्रणमा राख्न प्रहरी परिचालन गरिए पनि अवस्था तनावग्रस्त छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको