Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

संसदमा आज शिक्षक विधेयक पेश गरिने

Reporter

आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिनको १ बजे बस्ने बैठकमा ४ वटा कार्यसूची राखिएका छन् । जसअनुसार सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने उल्लेख छ ।

आजको बैठकमा शिक्षामन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक पेश गर्दैछन् । उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सुचनालाई निर्णयार्थ प्रस्तुत गर्ने पनि सम्भावित सूचीमा उल्लेख छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय आयोग बनाउन आलटाल गरेकोले संसदको कारबाही अघि बढ्न नदिने बताइसकेको छ ।

एमाले सचेतक महेश बर्तौलाले असोज ५ गते नै आयोग बनाउनुपर्ने संसद्को सहमतिविपरीत सत्तारुढ दलहरू गएकोले संसद्को बैठकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्न खोजेको बताएका छन् ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको