
काठमाडौँ । प्रदर्शनको क्रममा रहेको चलचित्र ”कोइला “को द्रोश्रो गीत” किन किन मन “बोलको गीत सार्वजनिक भएको छ । मंसिर ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्रको गीत ” किन किन यो मन “बोलको गीतमा नेपाली चलचित्र क्षेत्रकी पहिलो महिला संगीतकार रेखा पौडेलको संगीत रहेको छ ।
गायिका तथा संगीतकार रेखा पौडेलको संगीतमा तयार भएको उक्त गीतमा आनन्द कार्की र मनिषा पोखरेलको आवाज रहेको छ । गीतमा सन्देश ढुंगानाको शब्द रहेको छ । बिनोद सापकोटाको छायांकन र शंकर बि.सी को नृत्य निर्देशनमा तयार भएको गीत निकै राम्रो बनेको संगीतकार रेखाले बताइन ।संगितकार रेखा पौडेलले दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको ‘सर्वाेत्कृष्ट महिला संगितकारको अवार्ड’ हात पार्न सफल भएकी थिईन ।
गजेन्द्र रञ्जितको निर्देशनमा बनेको एक्सन लब स्टोरी र सेण्टिमेण्टलमा आधारित चलचित्र कोइलामा नायक प्रज्वल गिरी,नायिका सोनिया गिरी, अभिनेता धुर्ब कोईराला,किरण थापा,बिशाल पहाडी,कालु राना, रामचन्द्र अधिकारी लगायत कलाकारहरुको अभिनय रहेको छ ।
आरोही फिल्मसको ब्यानरमा निर्मित चलचित्र “कोइला” लाई निर्माता बि,जे शर्मा,प्रत्युसा गिरी र कार्यकारी निर्माता श्री कृष्ण गिरी र सह निर्माता तमन्ना शर्मा र अराज शर्माले निर्माण गरेका हुन् ।
चलचित्रमा नायक प्रज्वलको कथा,सुदीप आत्रेयको लेखन रेखा पौडेल र रेवत रार्इको संगीत,श्री श्रेष्ठ को द्धन्द समाबेश रहेको छ ।
गीत:
