Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण

admin

 मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको शुरुवात  हुने भएको छ । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो ।

गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको पाँचथर जिल्लामा यही मङ्सिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिए । राष्ट्रिय परिचयपत्र वितरणका लागि पाँचथरमा गत कात्तिक २० गतेसम्ममा ५० हजार ९७४ को नेपाली नागरिकको विवरण सङ्कलन भइसकेको विभागका महानिर्देशक काफ्लेले जानकारी दिए ।

पाँचथरका छ वटा स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने कार्य पूरा भइसकेको विभागका निर्देशक शिवराज जोशीले बताए । सरकारले आगामी तीन वर्षभित्र सबै नेपाली नागरिकको पूर्ण विवरण रहेको राष्ट्रिय परिचयपत्र वितरण गर्दैछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको