Logo
15 May 2025    २ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

‘प्याजेन्ट नेपाल बुटवल फेशन शो’ को अडिसनमा मोडलहरुको उत्साहजनक सहभागिता २८ गते अन्तिम अडिसन

admin

बुटवलमा यहि आउदो मंसिर ७ गते शुक्रवार भव्य रुपमा हुन लागेको ‘प्याजेन्ट नेपाल बुटवल फेशन शो’ को लागी पहिलो मोडल अडिसन सम्पन्न भएको छ । बुटवल स्थित क्लिक इन्टरनेशनल एजुकेशनको कार्यालयको हलमा आयोजित उक्त अडिसनका लागी उल्लेख्य रुपमा मोडलहरुले उपस्थित जनाएका थिए । करीव ३ दर्जन भन्दा बढी महिला पुरुष मोडलहरुले अडिसन दिएका थिए । अडिसनका लागी निर्णायक मण्डलमा मोडल तथा नायिका नितु कोईराला, महिला व्यबसायी एवं वरिष्ठ सौन्दर्यविद सुशिला थापा,संचारकर्मी रमेश पोख्रेल, राससका ५ न.प्रदेश प्रमुख भरत केसी, नायक तथा निर्देशक दिपक लक्की, ईभेन्ट डाईरेक्टर गोपाल अधिकारी, संगितकार एवं फोटोग्राफर हितन शुक्र तथा नेपाल टेलिभिजनका मिलन गाह रहेका थिए ।


चाडपर्व तथा विविध कारण अडिसन दिन नपाएका थुप्रै मोडलहरुको माग अनुसार अडिसन दिन छुटेका ईच्छुक मोडलहरुको लागी समेत आगामी बुधवार दिउसो २ बजे क्लिक ईन्टरनेशनलमा आएर अडिसन दिन सकिने आयोजक तथा प्याजेन्ट नेपालकी सिईओ ममथा बस्नेतले जानकारी दिईन । अडिसन दिएका मध्ये बाट ३० जना उत्कृष्ट मोडलहरुलाई चर्चित कोरियोग्राफरले तालिम दिईने आयोजक ममथा बस्नेतले जानकारी दिईन ।

छनौट भएका मोडलहरुलाई तालिम, फोटोग्राफी, ड्रेस,मिडिया प्रमोशन उपलव्ध गराईने आयोजक बस्नेतले बताइन । चर्चित कोरियोग्राफरको कोरियोग्राफीमा तालिम समेत हुने उक्त शो मा गायक सपन श्रेष्ठ, गायक ध्रुब विस्को गायिका सावित्री जोशी, गायिका ईन्दिरा भट्राई, नायिका पूर्णिमा लामा, मोडल नितु कोईराला, नायक श्रीदेव भट्राई, मोडल नन्दा बस्याल लगायत नेपालका चर्चित लोकप्रिय कलाकारहरु आफ्नो प्रस्तूती समेत दिनेछन ।

३ वटा सिक्वेन्स रहने शो मा राजधानीबाट शो को लागी सहभागीता जनाउन करीव डेढ दर्जन भन्दा बढी कलाकार तथा मोडलहरुले र्याम्प शो एवं आकर्षक प्रस्तुती दिनेछन ।
थुप्रै व्युटी पेजेन्ट तथा फेशन शो मा ड्रेस डिजाईन एवं आकर्षक पहिरनहरु उपलव्ध गराउदै आएको पेजेन्ट नेपालले आयोजना गर्न लागेको यस किसिमको फेशन शोले बुटवलमा रहेर मोडलिङ्ग क्षेत्रमा सक्रिय मोडलहरुको लागी एक अवसर हुनेमा बुटवलका स्थानीय संचारविज्ञ एवं कलाकारहरुले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको