काठमाडौं, २८ कार्तिक- नेपाल महिला चेम्बर अफ कमर्सका पदाधिकारी एबम् कार्य समिति सदस्यहरु र चीनको महिला ब्यवसायी क्षेत्रको प्रतिनिधिमुलक संस्था पावर फाउण्डेसनका प्रतिनिधिमण्डल बिच मंगलवार अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । पावर फाउण्डेसनका तर्फबाट लि होङ मेको नेत्रीत्वमा आएको चिनिया महिला ब्यवसायीको टोली र नेपाल महिला चेम्बर अफ कमर्सका अध्यक्ष अन्जन शाक्य नेत्रीत्वको नेपाली टोली सँग जमल स्थित चेम्बर भवनमा अन्तर्कृया गरेका हुन । अन्तर्कृयाका क्रममा नेपाली महिला उधमीहरुले आ-आफ्नो धारणा राख्नुका साथै चिनिया टोली समक्ष केही जि ज्ञासा राखेका थिए । अन्तर्कृया कार्यक्रममा नेपाल महिला चेम्बर अफ कमर्सका अध्यक्ष डा. अन्जन शाक्यले नेपाल र चीन बिचको ब्यापार अवस्था बारे अवगत गराउदै चीनसँगको नेपालको ब्यापार घाटालाई न्यूनिकरण गर्न नेपाली महिला ब्यवसायीलाई कसरी सशक्त पार्न सकिन्छ र नेपालले भोग्दै आएका अन्य चुनौतीका बारेमा प्रकाश पारिन ।
अध्यक्ष शाक्यले नेपालमा राजनीतिक स्थायित्व स्थापित भएको र लगानीका लागि सहज वातावरण रहेको बताउदै नेपालमा उद्योग स्थापनाका लागि चिनिया लगानीको लागि आग्रह समेत गरिन । साथै उनले नेपाली महिलाहरुमा ब्यवसायीक क्षमता अभिब्रिद्धी गर्दै उधमशिलताको विकास गर्ने सवालमा नेपाल महिला चेम्बर अफ कमर्स र पावर फाउण्डेसन बिच आपसी सहकार्यका लागि आग्रह समेत गरिन । अन्तर्कृया कार्यक्रम माझ बोल्दै पावर फाउण्डेसनकी प्रतिनिधी लि होङ मेले नेपाल भ्रमणका क्रममा नेपाली महिला उधमीको अवस्था बारे जान्ने अवसर मिलेको बताउदै नेपाली महिला उधमीको क्षमता विकास कसरी गर्न सकिन्छ भन्ने बारे आवश्यक धारणा बनाउने अवसर मिलेको कुरा राखेकी थिईन । मेले नेपाली महिला उधमीको भविस्य उज्जवल रहेको चर्चा गर्दै लगानीका लागि सहकार्य गर्ने अवसरका लागि आफूहरु उत्सुक रहेको बताईन । उनले नेपालको कृषि क्षेत्रको विकासमा नेपाली महिलाहरुले खेल्दै आएको भूमिका उल्लेखनिय रहेको अौल्याउनुका साथै नेपाली महिला उधमीको विकासका लागि चीनका सम्बन्धित निकायमा समन्बय गरि आवश्यक पहल गरिने समेत बताईन ।
लोकप्रिय समाचार