Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका अग्रवाल र सिलवाललाई छाड्ने आदेश

admin

काठमाडौं । उच्च अदालत विराटनगरले ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका दुई जनालाई छाड्न आदेश दिएको छ । जिल्ला अदालत मोरङको आदेश बदर गर्दै उच्च अदालतले बिहीबार भएको सुनुवाईपछि सञ्जय खेतान भनिने प्रभात अग्रवाल र मदन सिलवाललाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

तस्करीको सुनको लगानीकर्ता भनिएका अग्रवाल र सिलवाललाई उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र उमेशकुमार सिंहको संयुक्त इजलासले जनही ५–५ लाख धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालतले जनाएको छ । जिल्ला अदालत मोरङले गत भदौ १३ गते अग्रवाललाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । जिल्लाको आदेश बदरको मागसहित अग्रवालले उच्च अदालतमा निवेदन दिएका थिए ।

त्यस्तै जिल्ला अदालत मोरङले गत असार २४ गते मदन सिलवाललाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । जिल्लाको आदेश बदरको मागसहित सिलवालले पनि उच्च अदालतमा निवेदन दिएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको