
बुटवलमा यहि आउदो मंसिर ७ गते शुक्रवार भव्य रुपमा हुन लागेको ‘प्याजेन्ट नेपाल बुटवल फेशन शो’ को तयारी तिव्र भईरहेको छ । तयारी क्रममा हिजो फेशन शो को लागी छनौट भएका ३ दर्जन भन्दा बढी मोडलहरुलाई मोडलीङ्ग तथा फेशन सम्बन्धी ओरेन्टेशन तालिम प्रदान गरिएको थियो । बुटवलको पुष्पलालचोक स्थित होटल अतिथी ईनमा आयोजना भएको उक्त ओरियन्टसनमा विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरुले तालिम प्रदान गरेका थिए । मोडल तथा नायक उज्वल घिमिरे, नायिका नितु कोईराला, निर्देशक दिपक लक्की, व्युटिसियन अन्जना केसी, शिक्षाविद निरज गौतम, फोटोग्राफर तथा म्युजिक कम्पोजर हितन शुक्र, मोडल श्वेता क्षेत्री लगायतले फेशन तथा मोडल सम्बन्धि विभिन्न उपयोगी टिप्सहरुको वारेमा तालिम प्रदान गरेका थिए ।
कोरियोग्राफर तथा मोडल स्वस्तिका कार्कीको कोरियोग्राफीमा भोलीबाट १ हप्ता सम्म हुने तालिममा अडिसनको क्रममा छनौट भएका ४५ जना मोडलहरुलाई शोका लागी र्याम्प वाक सम्बन्धि विविध जानकारी समेत प्रदान गरिने आयोजक तथा प्याजेन्ट नेपालका सिईओ ममथा बस्नेतले जानकारी दिईन । बुटवलको एशियन भिलेज रिसोर्टमा हुन लागेको उक्त भव्य शोका निमित्त गायक सपन श्रेष्ठ, गायक ध्रुब विस्को गायिका सावित्री जोशी, गायिका ईन्दिरा भट्राई, नायिका पूर्णिमा लामा, मोडल नितु कोईराला, नायक श्रीदेव भट्राई, मोडल नन्दा बस्याल लगायत नेपालका चर्चित लोकप्रिय कलाकारहरु आफ्नो प्रस्तूती समेत दिनेछन ।
३ वटा सिक्वेन्स रहने शो मा राजधानीबाट शो को लागी सहभागीता जनाउन करीव डेढ दर्जन भन्दा बढी कलाकार तथा मोडलहरुले र्याम्प शो एवं आकर्षक प्रस्तुती दिनेछन ।
थुप्रै व्युटी पेजेन्ट तथा फेशन शो मा ड्रेस डिजाईन एवं आकर्षक पहिरनहरु उपलव्ध गराउदै आएको प्याजेन्ट नेपालले आयोजना गर्न लागेको हो । प्याजेन्ट नेपालले संचार क्षेत्रमा रहेर समेत काम गर्दै आएको छ । प्याजेन्ट नेपाल डटकम, राष्ट्रखवर, रंगपेज लगायत विभिन्न अनलाईन न्यूज संचालन गर्दै आएको प्याजेन्ट नेपालले चाडै तथ्यखवर अनलाईन न्यूज तथा पत्रिका संचालनको तयारी गरिरहेको छ ।
