Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

गाजाका नागरिकलाई इजरायली सेनाले भन्यो सहर छोडेर जानुस

Reporter

इजरायली सेनाले गाजा सहरमा रहेका नागरिकलाई सहर खाली गर्न भनेको छ। इजरायली सेनाले गाजामा बसोबास गर्दै आएका करिब ११ लाख नागरिकलाई सहर छोडेर दक्षिण तर्फ जान भनेको बीबीसीले लेखेको छ।   सेनाका अधिकारीले एक्समा भिडियो सन्देश जारी गर्दै भनेको छ, ‘गाजा सहरमा तपाईं त्यतिबेला मात्रै फर्कनुहोला जतिबेला हामी दोहोर्याएर घोषणा गर्नेर्छौं।’  इजरायली सेनाले हमास समूहसँगको लडाईका कारण युद्ध थप चर्किने भएकाले सर्वसाधारणको ज्यानको सुरक्षाका लागि यो आग्रह गरिएको बताएको छ। साथै इजरायली सेनाले आफ्नो कुरा नमाने अवस्था थप भयावह बन्न सक्ने चेतावनी पनि दिएको छ।

यसैबीच, संयुक्त राष्ट्र सङ्घले इजरायलले गाजामा बसोबास गर्ने ११ लाख नागरिकलाई सहर खाली गर्न भनेको पुष्टि गरेको छ। सङ्घले यति धेरै संख्यामा नागरिकलाई सहर खाली गर्न भन्नु उचित नभएको र सम्भव पनि नभएको बताएको छ। इजरायल र हमासबीचको युद्ध विगत ७ दिनदेखि जारी छ। जसमा हालसम्म दुबै तर्फको गरेर २ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ४ लाखभन्दा बढी मानिस घरबारबिहीन बनेका छन्। युद्धमा परी ६ हजारभन्दा बढी मानिस घाइते भएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको