Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

आंतक मच्चाई चर्चित बन्न खोज्ने ओली पक्राउ

admin

 नेपालगञ्जको व्यस्त पुष्पलालचोकमा बिहीबार बम राख्ने जाजरकोटका प्रदीप ओलीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले  पक्राउ गरि सार्वजनिक गरेको छ । 

आतङ्क सिर्जना गर्ने उद्देश्यले बम राखेको ओलीले प्रहरीलाई बयान दिएका छन् । जाजरकोट नालगाड नगरपालिका–४ निवासी ओलीको अरु कुनै सङ्गठनसँग आबद्धता नदेखिएको बाँके प्रहरीले जानकारी दिएको छ । 

ओलीका साथबाट रु ४१ हजार ५१० नेपाली, ३०० भारतीय रुपैयाँ, विभिन्न नम्बरका सिमकार्ड, हामी नेपाली हाम्रो नेपाल लेखेका २६ र कमाण्डो गु्रप लेखेको २१ थान ब्यानर बरामद भएको प्रहरीले जनाएको छ । 

भारतको सिमलास्थित रुरुमा काम गर्ने प्लस–२ पास गरेका २७ वर्षीय ओली ‘चर्चित’ बन्ने नाममा काम छाडेर ‘हामी नेपाली हाम्रो नेपाल’ नामक सङ्गठनको अध्यक्ष भन्दै हिँडेका थिए । 

बम राखेपछि ओली ‘सिसी क्यामेरा’मा आफू देखिएकाले बाहिर जाँदा पक्राउ पर्ने डरले घटनास्थल आसपासमै बसेका थिए । 

प्रहरीले सिसी क्यामेरामा देखिएको हुलियालाई पछ्याउँदै जाँदा बिहीबार नै ओलीलाई पक्राउ गरेको थियो । उनलाई विष्फोटक पदार्थअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको