Logo
04 Dec 2024    १९ मंसिर २०८१, बुधबार

ताजा खबर

राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै दक्षिण कोरियाका राष्ट्रपतिले लगाएको ‘मार्शल ल’ संसदद्वारा खारेज चिनियाँ राष्ट्रपतिको घोषणा, नेपाललाई ९ अर्ब अनुदान दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति यू-१९ एसिया कपमा अफगानिस्तानमाथि नेपालको जीत

आज देखि माइक्रो बसका चालक र सहचालकलाई ‘ड्रेस कोड’

admin

ट्याक्सीचालकलाई ‘ड्रेस कोड’ तोकेको ट्राफिक प्रहरीले माइक्रो बसका चालक र सहचालकलाई पनि यो नियमभित्र ल्याएको छ । 

शनिबार (आज)देखि लागू हुने गरी माइक्रोका चालकलाई सुन्तला र सहचालकलाई हरियो रङको ज्याकेट लगाउन अनिवार्य गरेको हो । यी ज्याकेटमा फ्लोरिसेन्ट पनि राखिएको हुन्छ ।

‘यातायात व्यवस्था ऐनमै चालले विशेष खालको पोसाक लगाउनुपर्ने व्यवस्था छ, त्यसैले नियम कार्यान्वयनमा मात्रै ल्याएका हौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले भने, ‘तोकिएको ड्रेस नलगाए कारबाही गरिनेछ ।’ तोकेको ज्याकेट नलगाउने चालकलाई पाँच सय जरिवाना भराइने एसएसपी पन्तले बताए ।

पहिलो दिन ५० देखि ७० प्रतिशत माइक्रोका चालक र सहचालकले नियम पालना गर्ने प्रहरी अनुमान छ । चालकहरूलाई एक हप्तासम्मको अवसर दिइनेछ । 

त्यसपछि पनि नियम नमाने कारबाही गर्ने योजना छ । ट्राफिक महाशाखाका अनुसार उपत्यकाभित्र सेता रङका करिब ९ सय ठूला र नीलो रङका एक सय ७० साना माइक्रो छन् ।

 

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको