Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

दरवारमार्गमा चर्चित नायक सरोज खनालको माला आर्टसको औपचारिक शुभारम्भ

admin

काठमाडौँ स्थित दरबारमार्गमा ‘माला आट्स एकेडेमी’को औपचारीक शुभारम्भ गरिएको छ। चर्चित नायक सरोज खनालले संचालनमा ल्याएको उक्त एकेडेमीको चर्चित एवं ख्याती प्राप्त कलाकाहरुको उपस्थितीमा  शुभारम्भ गरिएको थियो ।
कला एकेडेमीमा औपचारिक कक्षा भने केहि दिनबाटै शुरु हुने जनाइएको छ। कलाक्षेत्रमा लागेका पछिल्लो पुस्तालाई नयाँ बाटो देखाउने अभियान माला आर्टस एकेडेमीको हुनेछ , भन्दै चलचित्र क्षेत्रमा योगदान दिने प्रयास थालेको नायक खनालले जनाए।

कवि तथा गीतकार वसन्त चौधरीले कलाकार देश चिनाउने सच्चा राजदूत भएको भन्दै एकेडेमीले कला क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। नाटककार हरिहर शर्माले राष्ट्रको वास्तविक समृद्धि नै सांस्कृतिक समृद्धि भएको उल्लेख गर्दै संस्कृति, कला, भाषा र साहित्यलाई समृद्धि बनाउनुपर्नेमा जोड दिए। यसका लागि अध्ययनको खाँचो रहेको र यस्तै प्रतिष्ठानबाट दक्ष कलाकार उत्पादन भएपछि मात्रै कला, साहित्यलाई समृद्ध पार्न सकिने उनले औँल्याए।

सो क्रममा कलाकार शिव श्रेष्ठ, गौरी मल्ल, सुनील थापालगायतले प्रतिष्पर्धात्मकरुपमा अगाडि बढेको नेपाली चलचित्र क्षेत्रमा दक्षजनशक्ति उत्पादनमा एकेडेमीको भूमिका महत्वपूर्ण हुने बताए। एकडेमीका अध्यक्ष चन्द्रमाला शर्माले अभिनय कलालाई चुस्त बनाउन एकडेमीले सहयोग गर्ने बताए।

यस एकेडेमीमा रंगकर्मी वीरेन्द्र हमाल र सुवर्ण थापाले नियमित कक्षा लिनेछन्। नीर शाह, हरिहर शर्मा, विकासराज आचार्य, गौरी मल्ल, सौगात मल्ल, न्य्हु बज्रचार्य, पुरूषोत्तम प्रधान, दिवाकर भट्टराई लगायतले अतिथी शिक्षकको रूपमा तालिम प्रदान गर्नेछन । माला कला एकडेमीलाई प्रोडक्सन हाउसका रुपमा समेत विकास गरिएकाले चलचित्र निर्माण गर्ने योजनासमेत रहेको खनालले जानकारी दिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको