Logo
17 Jan 2025    ४ माघ २०८१, शुक्रबार

ताजा खबर

मानव अधिकारसहित संसदका २ समितिको बैठक बस्दै प्रेम सम्बन्ध बिग्रिएपछि महिलाको चरित्रहत्या गर्ने दुईजना पक्राउ टेक तामाङको शव्द तथा प्रल्हाद लिमल्सिना र सुमिनाको स्वरमा ‘स्वर्ग झै सैलुङ’(भिडियो) कांग्रेसले मन्त्रीहरूलाई दियो ७ बुँदे निर्देशन काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने रविविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर हुँदै

गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

admin

रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् । बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा आमाछोरा हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । बुढाले श्रीमती र छोराको हत्यापछि आत्महत्याको प्रयास गरेको उनले बताए । बुढाले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

बुढाले मदिरा सेवन गरी श्रीमती र छोराको हत्या गरेको बुझिएको र बाँकी अनुसन्धान गर्न बाँकी रहेको खड्काको भनाइ छ । बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासीले भने बुढा मानसिक रूपमा स्वस्थ नरहेको बताएका छन् । बुढा यसअघि पाँच दिन जङ्गलमा बसेका थिए । परिवारले खोजी गरी घर ल्याई धामीझाँक्री गरेको र उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेका बेला घटना भएको स्थानीयवासीको भनाइ छ । बुढा परिवारमा यसअघि पनि पटकपटक झगडा हुने गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको