Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

अमेरिकाको शिकागोस्थित मर्सी अस्पतालमा गोलीबारी हुँदा चारजनाको मृत्यु

admin

संयुक्त राज्य अमेरिकाको शिकागोस्थित मर्सी अस्पतालमा गोलीबारी हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालका दुई महिला कर्मचारी, एक प्रहरी अधिकारी र स्वयम् बन्दुकधारी हुन् । पुलिस प्रवक्ता एन्थोनी गुग्लियोल्मीले आफ्ना एक पुलिस अधिकारी स्यामुनियल जिमेनेजको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिए । 

स्थानीय समायअनुसार सोमबार दिउँसो तीन बजे गोली हानाहानका क्रममा बन्दुकधारी मारिएको प्रहरीका प्रवक्ताले जानकारी दिए । उनले स्वयंलाई गोली चलाए नचलाएको बारे स्पष्ट जानकारी उपलब्ध छैन । बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको एक महिलालाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएको छ ।

यद्यपि उनले गोली चलाउनुको उद्देश्य थाहा हुन नसकेको प्रहरीको भनाइ छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएसँगै मर्सी अस्पताललाई खाली गराइएको थियो ।

पछि अस्पतालले दर्जनौँ बिरामी र स्वयम् अस्पतालको सुरक्षा सुनिश्चित गर्न प्रहरी सफल भएको बताएको थियो । शिकागो प्रहरीका एक प्रवक्ताका अनुसार बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौँ राउण्ड गोली चलाइएको थियो ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सन्दिग्ध व्यक्ति अस्पताल भवनमा उक्लिँदै गर्दा बिरामीहरूले गोली चलेको आवाज सुनेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको