Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्थानीय सरकार छाड्दै मेयर बालेन, संघीय सत्ता लक्ष्य स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली

साउदी अरबका राजा सलमान बिनले अदालतको प्रशंसा गरे

admin

रियाद – साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले राजधानी रियादमा सोमबार अदालतको प्रशंसा गरेका छन्।

आफ्नो देशका पत्रकार जमाल खसोग्गीको हत्यामा साउदी युवराजको संलग्नता रहेको आरोप लगिरहेका बेला उनले अदालतको प्रशंसा गरेका हुन् । अन्तर्राष्ट्रिय रूपमै खराब घटनाका रूपमा फैलिएको घटनाका बारेमा अदालतबाट सफाई दिइएका युवराजलाई आरोप लागेपछि उनले सोमबार पहिलो पटक सार्वजनिक वक्तव्य दिएको समाचारमा जनाइएको छ।

सरकारी अभियोजनकर्ताले गत साता शक्तिशाली युवराज सलमानको त्यस घटनामा कुनै संलग्नता नरहेको भन्दै स्पष्टिकरण दिएका थिए।

पत्रकार खसोग्गीको गत अक्टोबर २ तारिखका दिन टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा रहस्यमय तरिकाले हत्या भएको थियो । हत्या कसले गरेको हो भन्ने बारेमा अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन । कतिपयले साउदी राजपरिवारको उच्च तहकै निर्देशनमा खसोग्गीको हत्या भएको आरोप लगाइरहेका छन्।

अभियोजनकर्ताहरूले खसोग्गीको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई मृत्यु दण्डको माग गरेका छन् भने २१ जना संलग्न भएको दावी गरेका छन् । देशको उच्च सल्लाहकार निकायको रूपमा रहेको सुरा काउन्सिलको कार्यक्रममा बोल्दै राजा सलमानले न्याय र समानताजस्ता मुस्लिम सिद्धान्तको पक्षमा अदालतले काम गरेकोप्रति आफूहरूलाई गौरव लागेको बताए।

सम्बोधनका क्रममा ८२ बर्षिय राजा सलमानले वासिङ्टन पोष्टका नियमित स्तम्भकार खसोग्गीको हत्याका बारेमा भने प्रत्यक्ष रूपमा केही बोलेनन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको