Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

कार्यसम्पादन सुस्त ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन विदेश भ्रमणमा तेज

admin

 विदेश भ्रमणलाई अक्सर वृत्ति विकासँग जोडिएर लिने गरिन्छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको अहिलेसम्मको विदेश भ्रमणले उहाँको व्यक्तित्व विकासमा के कस्तो प्रभाव पारेको छ, कुन्नि ? तर महानगरपालिकाको कार्यसम्पादनले भने नगरबासीमा खासै उत्साह जगाउन सकेको छैन ।

कार्यसम्पादन सुस्त रहे पनि प्रमुख महर्जनको विदेश भ्रमण तेज गतिमा भइरहेको छ ।

स्थानीय तहमा जनप्रतिनिधि आएको अनुभूत हुने गरी न्यूनत्तम कार्य नै गर्न नसकेको भन्दै सर्वसाधारण जनतामा असन्तुष्टि रहँदै आएका बेला प्रमुख महर्जन सोमबार राति भियतनामतर्फ गएका छन् । 

यसअघि उहाँले १० पटक विदेश भ्रमण गरिसक्नुभएको छ । देशभरका ७ सय ५३ स्थानीय तहका प्रमुखमध्ये सबैभन्दा बढी विदेश घुम्ने प्रमुख हुनुहुन्छ ।

महर्जनले महानगरपालिकाको प्रमुखको पदभार ग्रहण गरेको आउँदो जेठ १० गतेबाट दुई वर्ष पूरा हुनेछ । डेढ वर्षयता उहाँको विदेश भ्रमणले निकै रफ्तार लिए पनि कार्यसम्पादनले गति लिन नसकेको अवस्था छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको