Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य

भव्य रुपमा सम्पन्न युनीभर्सल डेन्टल सगरमाथा म्यूजिक अवार्ड ,क कसले हात पारे अवार्ड ? सूचि सहित

admin

“नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुल नाराको साथ युनिर्भसल डेन्टल सरगरमाथा म्युजिक अवार्ड २०७५ भब्य रुपमा सम्पन्न भएको छ । रेस्पोन्सिभ मिडियाको आयोजनामा मंसिर ३ गते राजधानी स्थित नेपाल सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा सम्पन्न अवार्ड कार्यक्रममा कला संगीत एवम सामाजिक क्षेत्रका दिग्गज व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

अवार्ड कार्यक्रमको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सगरमाथाको नामबाट सुरुवात भएको अवार्डले नेपालको कला र संस्कृतीको सम्वद्र्धन गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । नेपाली पत्रकारीता जगतमा रंग पत्रकारीता गरिहेका सात जना पत्रकारहरुलाई सम्मानित गरिएको छ भने कुल ४४ वटा विधामा प्रतिस्पर्धामा आएका कलाकर्मीहरु अवार्डेड भएका थिए ।

अवार्ड निर्णायक र एसएमएस भोटिङको आधारमा निर्णय गरिएको आयोजक संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । कला र कलाकारको सम्मानको लागि हरेक वर्ष अवार्ड गर्ने उनले प्रतिबद्धता समेत गरे । अवार्डमा नेपालका अग्रज संगितकर्मीदेखी नयाँ पुस्ता कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा आस्था कला केन्द्र र इलिगेन्स डान्स सेन्टरको प्रस्तुति रहेको थियो ।

कार्यक्रमा पांच दशक लामो समय नेपालको सांगीतक ईतिहासलाई समर्पण गरेकी लोक गायिका चन्द्रकला शाहलाई नगद रु.१७, ६९६ सहित लाईफटाईक अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ भने श्याम अर्याल, लक्ष्मण सुवेदी, कुवेर गिरी, श्रीधर पौडेल, चन्द्रमणि गौतम र किरण प्रसाद अधिकारीलाई कला पत्रकारिताबाट सम्मानवाट सम्मानित गरिएको थियो । त्यस्तै रंगपत्रकार एव। चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारीलाई महिला सशक्तिकरण पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा इभेन्ट निर्देशक लबबहादुर कार्की, कोरियोग्राफर अश्विनी झा, अभिनेत्री सोभिता सिंखडा, लोक गायक गणेश गुरुङ, मिसेस् एसिया प्यासिफिक चन्दा थापा सम्मानित भएका थिए ।
अवार्ड विजेताको नामहरु:
राष्ट्रिय भाव
सर्वोत्कृष्ट गायक : शिव परियार
सर्वोत्कृष्ट गायिक : अन्जु पन्त
सर्वोत्कृष्ट गीतकार : शान्तिप्रिय
सर्वोत्कृष्ट संगितकार :सन्तोष श्रेष्ठ
सर्वोत्कृष्ट गायिका : पारु रञ्जित
सर्वोत्कृष्ट गीतकार :शान्ता अधिकारी

चलचित्र
सर्वोत्कृष्ट गायक :डेविट शंकर
सर्वोत्कृष्ट गायिका : मिना निरौला
सर्वोत्कृष्ट गीतकार : लोकराज अधिकारी
सर्वोत्कृष्ट संगीतकार:  अर्जुन पोखरेल
सर्वोत्कृष्ट गीतकार  : राजेन्द्र भट्ट
सर्वोत्कृष्ट गायिका : सारिका घिमिरे

लोक दोहारी
सर्वोत्कृष्ट गायक :  मौसम गुरुङ
सर्वोत्कृष्ट गायिका : श्रीदेवी देवकोटा
सर्वोत्कृष्ट शब्द :रामचन्द्र ढकाल
सर्वोत्कृष्ट लय :ओम छिनेल
सर्वोत्कृष्ट नव गायक :  राम गोपाली
सर्वोत्कृष्ट नव गायिका : प्रतिभा सापकोटा
सर्वोत्कृष्ट मोडल पुरुष : दुर्गेश थापा
सर्वोत्कृष्ट मोडल महिला अभिनय :मञ्जिता केसी
सर्वोत्कृष्ट मोडल महिला नृत्य :करिष्मा ढकाल
सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार : राजेश घिमिरे
सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक : नविन घर्तिमगर
सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक : रञ्जितकुमार क्षेत्री
सर्वोत्कृष्ट गायक लोक दोहोरी : धर्मराज पोखरेल
इन्करेजमेन्ट अवार्ड : झरना पुनमगर
सर्वोत्कृष्ट मोडल महिला नृत्य :  रुविना अधिकारी
सर्वोत्कृष्ट मोडल महिला नृत्य : अस्मिता राना
सर्वोत्कृष्ट मोडल महिला : नन्दा बस्याल
सर्वोकृष्ट भिडियो : सञ्जय फ्राउनफेडर

आधुनिक
सर्वोत्कृष्ट गायक: प्रमोद खरेल
सर्वोत्कृष्ट गायिक : मल्लिका कार्की
सर्वोत्कृष्ट गीतकार पुरुष : माधव निर्दोष
सर्वोत्कृष्ट गीतकार महिला :  सावित्री गौतम
सर्वोत्कृष्ट संगीतकार : सुरेन्द्र श्रेष्ठ
सर्वोत्कृष्ट मोडल पुरुष : सनम कठायत
सर्वोत्कृष्ट मोडल महिला :  शिल्पा पोखरेल
सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार : मुकेश हुमागाई
सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन :  माधव बेल्वासे
सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक :  सुव्रतराज आचार्य
सर्वोत्कृष्ट गीतकार महिला : रमि श्रेष्ठ
सर्वोत्कृष्ट संगितकार : रेखा पौडेल
सर्वोत्कृष्ट गीतकार महिला : अम्बिका गुरुङ
सर्वोत्कृष्ट मोडल पुरुष : दृश्य सुवेदी
सर्वोत्कृष्ट मोडल पुरुष :  श्रीदेव भट्टराई
सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक : माधव खरेल
सर्वोत्कृष्ट मोडल महिला :उषा सुवेदी
सर्वोत्कृष्ट आधुनिक गायिका : स्मृति शाही

सर्वोत्कृष्ट भिडियो :चोखो माया होमबहादुर घले
पप

सर्वोत्कृष्ट गायक :  रञ्जित लामा
सर्वोत्कृष्ट गायिका :  एन्जिला रेग्मी
सर्वोत्कृष्ट गीतकार :  अजय अधिकारी
सर्वोत्कृष्ट संगीतकार : करणराज कार्की
सर्वोत्कृष्ट मोडल पुरुष :  विकास लामिछाने
सर्वोत्कृष्ट मोडल महिला: अनु शाह
सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक : आदित्य बुढाथोकी
सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक : प्रविण श्रेष्ठ
सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार :मिलन थापा
सर्वोत्कृष्ट संगीतकार पप : प्रकाश लेप्चा
सर्वोत्कृष्ट गायक पप : कन्यैया सिंह
सर्वोत्कृष्ट संगीतकार पप :  पुस्कर सुनुवार
सर्वोत्कृष्ट नव गायक :उद्घिपध्वज थापा
सर्वोत्कृष्ट नव गायिका : इन्दिरा भट्टराई
सर्वोत्कृष्ट युगल गायक :  धुर्व विस्को÷सरु गौतम
सर्वोत्कृष्ट भिडियो : स्वार्थ तिम्रो, सिताराम पोखरेल
सर्वोत्कृष्ट गायिका पप :  रमिता भण्डारी
इन्करेजमेन्ट अवार्ड : प्रज्वल भित्रकोटी
सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक :  युवराज खत्री

मौलिक गीत
सर्वोत्कृष्ट गायक : नविन पौडेल
सर्वोत्कृष्ट गायिका:  भिमु गुरुङ ९बटौली सहर‘
सर्वोत्कृष्ट मौलिक गित: दिप गुरुङ


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको