Logo
29 Nov 2023    १३ मंसिर २०८०, बुधबार

ताजा खबर

तनहुँमा बस दुर्घटना हुँदा २ को मृत्यु, ३४ जना घाइते रुसी सेनामा चार नेपालीको मृत्यु भएको पुष्टि अष्ट्रेलियासँग भारत ५ विकेटले पराजित मेलम्चीको पानी ल्याउन मर्मतमा १५ करोड लाग्ने शंकर घिमिरेको‘तेल भिसा’मा विपिन र वर्षा कोप–२८ मा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जादै

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस आइतबार नेपाल आउँदै

Reporter

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस आगामी आइतबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो । सन् २०१७ जनवरीमा उहाँले पदभार ग्रहण गरेपछि पहिलो पटक नेपाल आउन लागनुभएको हो ।

 

 

 

 

भ्रमणका क्रममा महासचिव गुटेरेसले कात्तिक १४ गते (आइतबार) संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग संक्षिप्त कुराकानी गर्नुहुने कार्यक्रम पनि रहेको छ । यस्तै, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण भ्रमण गर्ने कार्यतालिका रहेको छ ।

 

 

 

 

महासचिव गुटेरेशका साथमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयका अन्य अधिकारीहरू र नेपालस्थित राष्ट्र संघको टोली पनि सहभागी हुने छ । भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाललगायतसँग भेटवार्ता गर्नु हुनेछ । महासचिव गुटेरेस कात्तिक १५ गते नेपालबाट फिर्ता हुनु हुने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको