Logo
06 Dec 2023    २० मंसिर २०८०, बुधबार

ताजा खबर

अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसी बन्द गराइने: मेयर बालेन शासकीय सुधारका लागि आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण ग्राउन्ड ह्यान्डलिङ खोसिएको विरोधमा नेपाल एयरलाइन्सका कर्मचारी आन्दोलित आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता: एनसेल वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्ने: प्रधानमन्त्री दाहाल

सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोपमा डीएसपी भीमलाल भट्टराई निलम्बित

Reporter

सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई निलम्बनमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय हुम्लाकी एक महिला प्रहरी कर्मचारीमाथि मादक पर्दाथ सेवन गरेर यौन दुर्व्यवहार गरेको आरोपमा अनुसन्धान लागि डिएसपी भट्टराईलाई निलम्बन गरिएको हो।

‘महिला प्रहरीलाई अभद्र व्यवहार गरेको उजुरी परेपछि उनी निलम्बनमा परेका हुन्’, प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले भने। प्रवक्ता कडायतका अनुसार डिएसपी भट्टराई ६ महिनाका लागि निलम्बनमा परेका हुन्।

हाल भट्टराईको ठाउँमा डीएसपी रवीन्द्र खनाललाई पठाइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको