Logo
29 Nov 2023    १३ मंसिर २०८०, बुधबार

ताजा खबर

तनहुँमा बस दुर्घटना हुँदा २ को मृत्यु, ३४ जना घाइते रुसी सेनामा चार नेपालीको मृत्यु भएको पुष्टि अष्ट्रेलियासँग भारत ५ विकेटले पराजित मेलम्चीको पानी ल्याउन मर्मतमा १५ करोड लाग्ने शंकर घिमिरेको‘तेल भिसा’मा विपिन र वर्षा कोप–२८ मा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जादै

ईसेवाका कर्मचारी हुँ भन्दै ठगी गर्ने पाँच जना पक्राउ

Reporter

ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने पाँच जना पक्राउ परेका छन् । १८ जना पीडितहरूबाट १५ लाख २० हजार ९ सय रूपैयाँ बराबरको धनमाल ठगी गरेको अभियोगमा ५ जनालाई रौतहटका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २० वर्षीय अभय कुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र गढिमाई नगरपालिका–६ बस्ने १९ वर्षीय दिपेन्द्र कुमार यादव रहेका छन् ।

उनीहरूले विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी म ईसेवाको आधिकारिक कर्मचारी हुँ, तपाईको ईसेवा आईडी बैंक खातासँग लिंकअप तथा खाता नविकरणका नाममा ठगी गरेका हुन् । ५० प्रतिशत क्यासब्याक रकम उपलब्ध गराईदिन्छु भनी बिश्वास दिलाई झुक्यानमा पारी पीडितहरुबाट ठगी गरेको प्रहरीले जनाएको छ । बैंक तथा वालेट कम्पनीको कर्मचारी हुँ भनेर फोन गर्दैमा सकैलाई पनि आफ्नो कोड तथा पासवोर्ड नदिन प्रहरीले आग्रह गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको