Logo
06 Dec 2023    २० मंसिर २०८०, बुधबार

ताजा खबर

अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसी बन्द गराइने: मेयर बालेन शासकीय सुधारका लागि आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण ग्राउन्ड ह्यान्डलिङ खोसिएको विरोधमा नेपाल एयरलाइन्सका कर्मचारी आन्दोलित आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता: एनसेल वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्ने: प्रधानमन्त्री दाहाल

गाजाको प्रमुख अस्पताल खाली गर्न इजरायलको उर्दी

Reporter

इजरायलले गाजाको प्रमुख अस्पताल अल कुड्स खाली गर्न उर्दी जारी गरेको छ । गाजास्थित प्यालेष्टाइनी रेड क्रिसेन्टले जनाएअनुसार सयौं घाइतेहरुको उपचार भइरहेको उक्त अस्पताल खाली गर्न इजरायलले उर्दी जारी गरेको हो ।

हमास र इजरायलबीचको आक्रमणमा घाइते भएकाहरुले भरिएको अस्पताल तत्काल खाली गर्न असम्भव भएको जनाइएको छ । अस्पतालमा अधिकांश बालबालिका रहेकाले उनीहरुलाई अन्यत्र सार्न असम्भव भएको र अस्पताल वरिपरि १४ हजार नागरिकले खुला चौरमा आश्रय लिइरहेको भन्दै रेड क्रिसेन्सले इजरायलको उर्दीप्रति चिन्ता व्यक्त गरेको छ ।

हाल उक्त अस्पताल वरिपरि इजरायलले हवाइ आक्रमण जारी राखेको छ । इजरायलले गाजापट्टीमा दोश्रो चरणको आक्रमण अन्तर्गत हवाइ हमला तीब्र पारेको छ । हमास र इजरायलबीचको युद्धमा ८ हजार बढी प्यालेष्टाइनीको मृत्यु भइसकेको छ भने इजरायलतर्फ १४ सय बढीको ज्यान गइसकेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको