
जीवन सोचे जस्तो र सबै आफैले कल्पना गरेको जस्तै हुन्छ भन्ने छैन् । तर आफ्नो सपना र लक्ष्य प्राप्तीका लागि निरन्तर धैर्यताका साथ लगनशिल भएर मेहनत ग¥यो भने एक दिन सफल भइन्छ भन्ने कुराको उदाहरण बनेकी छिन् मोडल लिला गिरी । पश्चिमको सुर्खेतमा जन्मेकी लिलाको सानैदेखी कलाकारितामा आउने रहर थियो तर उनको सपनाको अवरोध आफ्नै परिवार थियो । नाच्ने गाउने कुरालाई उनको परिवारले राम्रो नमान्ने भएको कारण स्कुल पढ्दा उनले रहर भएर पनि आफ्नो प्रतिभा देखाउन पाइनन् । तर गाउँघरमा हुने देउसी भैलीमा भागेर भने पनि उनी सहभागी हुन्थिन् ।
सय भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरेकी लिला आज सफलताको उकाली चढ्दै छिन् । यो सफलताको उकाली चढ्दै गर्दा उनको यात्रा पीडाले भरिएको छ । सुन्दा आँखा रसाउँछन् तर उनको त्याग र सर्मपणलाई मान्नै पर्छ । टेलिभिजनको पर्दामा अरुले अभिनय गर्दा आफु पनि त्यस्तै भन्ने सपना सजाएकी लिला एसएलसी दिए पछि कलाकार भन्ने सपनाको झोला बोकेर घर छोडिन् । परिवारबाट कहिले टाढा नभएकी उनी बुबाआमाको अनुमति बिना काठमाडौं हिडिन् । आँखामा आँशु, मनमा पीडा अनि त्यसबीचमा बुनेका सुन्दर सपना पुरा गर्ने संकल्पले उनलाई काठमाडौंको यात्रा तय गरायो । उनी यो शहरमा एक्लो यात्री भनेर संघर्षको मैदानमा होमिइन् । जब उनी काठमाडौं आइन परिवार उनीबाट टाढा भए उनको न फोन उठाए नत फोन नै गरे । नेपालीमा एउटा उख्खान छ नी ‘त आँट दैवले पु¥याउँछ’ हो उनको जीवनमा पनि त्यहि भयो । कलाकार भन्ने सपना पुरा हुँदै गए । एकपछि अर्को भिडियो सार्वजनिक हुन थाले विस्तारै उनको यात्राले गति लिन थाल्यो । सपना त पुरा हुँदै गए तर उनको मनमा पीडा र घरपरिवारको विछोडको चोटमा हर समय आशुँमा विताएको सुनाउँछिन् । करिब छ महिना पछि उनको मोवाइलमा उनको ममिको नम्बरबाट फोन आयो उनले सय फेर त्यो नम्बर हेरेर फोन उठाइन उताबाट आमा रुन थालेपछि उनले किन रोएको भन्दा तिम्रो याद आयो भन्दा उनी पनि रोएको घटना स्मरण गर्छिन् । जीवनको त्यो छ महिना उनका लागि सबै भन्दा बढि पीडाको समय भएको बताइन् ।
पहिलो म्युजिक भिडियो टेलिभिजनामा हेर्दा उनको खुशीको सिमा नभएको सुनाइन् । उनलाई नै विश्वास नलागेको हामीसंगको कुराकानीमा रहस्य खोलेकी हुन । एक पछि अर्को सफलताको मार्गमा हिडेकी लिला सानो उमेरमा नै चर्चा र लोकप्रियताको शिखर चुम्न सफल भएकी छिन् । भावुक गीतहरुमा बढि अभिनय गरेकी छिन् । लोक दोहोरी तथा आधुनिक गीतहरुमा अभिनय गरेकी लिला यहि क्षेत्रमा केहि गर्ने प्रण लिएकी छिन् । पहिलो चोटी अभिनय गर्न नजान्दा निर्देशकबाट गालि खाएर उनी रोएको स्मरण गर्छिन् । अहिले उनले अभिनय र नृत्य भने सिकेकी छिन् ।
राम्रो व्यानरबाट चलचित्रको अफर आए मात्र गर्ने नत्र म्युजिक भिडियो नै गर्ने उनको प्रण छ । आजसम्म दर्शकबाट पाएको माया र सद्भावले उनलाई अगाडी बढ्न हौसला मिलेको बताइन् । आजसम्म कुनै पनि दर्शकबाट नराम्रो कमेन्ट नआएको र सबैले अगाडी बढ्न प्रेरणा दिएको सुनाउँछिन् । प्रेममा नभएको बताउने लिला कलाकारिता क्षेत्रमा राम्रो काम गर्ने अठोट छ । हिजो एक्लै सघर्ष गर्न पछि नपरेकी उनलाई अहिले परिवारको पूर्ण साथ र सहयोग रहेको छ । उनको प्रण र मेहनतबाट परिवार पनि प्रभावित भएका छन् । राम्रो कर्म गर्न सके फल पनि राम्रै पाइन्छ भन्ने कुरा लिलाबाट थाहा हुन्छ । उनले जीवनलाई संघर्षको रुपमा बुझेकी छिन् ।
जीवन लुईटेलसंग उनलाई अभिनय गर्ने रहर भएको बताइन् । सानैदेखीको सपना आज पुरा हुँदा उनी खुशी छिन् भने आज उनलाई उनको परिवारले पनि बुझेर सहयोग गरेका छन् । समकालिन मोडलहरुको भिडमा आफ्नै पहिचान बनाइसकेकी लिला सबैले आफ्नो काम गर्ने हो कसैलाई पनि प्रतिस्पर्धीको रुपमा नहरेको बताइन् । उनलाई अभिनय गरेका सबै गीतलाई दर्शकले मन पराएका छन् । उनी प्रतिभावान मोडल हुन ।
प्रस्तुति : मनोज थापा
