Logo
18 Jul 2024    ३ श्रावण २०८१, बिहीबार

ताजा खबर

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशमा रहेका विद्यार्थीलाई आग्रह गृहमन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थल सिमलतालमा अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा मिनिल्यान्ड सहभागी राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण महान्यायाधिवक्ता पोखरेलको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको भेटवार्ता

तीन हजार करोड लगानी गरेका पत्ता लगाउनेलाई एक हजार थपेर दिन्छु: ओली

Reporter

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा आफ्नो तीन हजार करोड लगानी रहेको पत्ता लगाउनेलाई एक हजार रुपैयाँ थपेर दिने बताउनु भएको छ । एमाले गण्डकी प्रदेशले सोमबार पोखरामा गरेको कार्यक्रममा ओलीले आफू र एमालेलाई बदनाम गर्न विदेशमा लगानी गरेको अफवाह फैलाएको दाबी गर्नुभयो । आरोप लगाउनेलाई ‘भुस्याहा कुकुर’ को संज्ञा दिँदै ओलीले आपूm र श्रीमतीका नाममा रहेको सबै सम्पत्ति समेत दान गरिसकेको दाबी पनि गर्नुभयो । एमालेले राज्यको ढुकुटीबाट एक पैसा पनि खल्तीमा हालेर अपराध नगर्ने पनि उहाँको भनाइ थियो । मेडिकल व्यवसायी दुर्गा प्रसाइले केही दिनअघि ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब रुपैयाँ बराबरको लगानी गरेको आरोप लगाउनु भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको