Logo
01 Dec 2023    १५ मंसिर २०८०, शुक्रबार

ताजा खबर

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ? नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आग्रह खुलेन विमानका लागि युरोपेली आकाश, प्रतिबन्ध काय​मै नक्कली भुटानी शरणार्थी प्रकरणमा बहस सकियो, शुक्रबार फैसला

रिगललाई आममाफी दिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ

Reporter

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय पाएका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा परेको रिट हिजो हेर्दाहेर्दैमा राखिएको थियो । रिटमा अब निरन्तर सुनुवाइ हुनेछ । हिजो भएको सुनुवाइमा सरकारी पक्षबाट बहस भएको थियो । हिजो महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए ।  बाँकी सुनुवाइ  आज हुनेछ ।

 

संविधान दिवसका अवसरमा गत असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट योगराज ढकाल (रिगल)को कैद मिनाहा भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको