Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध

प्रहरी सहायक निरीक्षकको लेक लागेर मृत्यु

Reporter

घान्द्रुकमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षकको अन्नपूर्ण बेसक्याम्पमा लेक लागेर मृत्यु भएको छ । पर्वत घर भएका प्रहरी साहायक निरिक्षक टिकाराम ढुंगाना संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेरेसको अन्नपूर्ण बेसक्याम्प भ्रमणका क्रममा सुरक्षाका लागि त्यहाँ पुगेका थिए ।

गुटरेसको सुरक्षाका लागि उनी १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका थिए ।

गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत भने हिँडेर फर्किँदै थिए । हिमालय भन्ने ठाउँमा गएराति बास बसेका ढुंगानालाई बिहान लेक लागेर श्वासप्रस्वासमा समस्या भएको थियो ।

त्यसपछि उनलाई हेलिकप्टरमा पोखरा अस्पतालमा ल्याइएको थियो । तर पोखरा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको