
भारतको गुजरातमा रहेको पण्डित दिनदयाल इनर्जी युनिभर्सिटिले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने जनाएको छ।
विश्वविद्यालयले नेपालबाट स्नातक तहमा इन्जिनियरिङ, आईटी र व्यवस्थापन तर्फका विषय अध्ययन गर्न आउने विद्यार्थीलाई शिक्षणशुल्कमा ७० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने जनाएको हो।
एक सय एकर क्षेत्रफलमा फैलिएको विश्वविद्यालयले इन्जिनियरिङ र व्यवस्थापन तर्फ स्नातक तहमा चार वर्षीय कोर्स सञ्चालन गर्दै आएको छ भने स्नातकोत्तर र पीएचडीसम्मको अध्यापन हुँन्छ। यो भारतको नेशनल इन्सटिच्युसनल र्याङ्कीङ फ्रेमवर्क (NIRF) Rank मा परेको विश्वविद्यालय हो। यसले NAAC A++ एक्रिडेसन प्राप्त गरेको छ।
सन् २००७ अप्रिलमा एक निजी विश्वविद्यालयको रूपमा स्थापना भएको यस विश्वविद्यालयले विज्ञान, प्रविधि, व्यवस्थापन र मानविकी क्षेत्रहरूमा प्रशिक्षित मानव संसाधनको आवश्यकतालाई ध्यानमा राख्दै दक्षजनशक्ती उत्पादनमा जोड दिदैँ आएको छ।
यस विश्वविद्यालयले स्नातक तहमा इन्जिनियरिङ तर्फ केमिकल, सिभिल, इलेक्ट्रिकल, कम्प्युटर, मेकानिकल, इन्फर्मेसन एण्ड कम्युनिकेसन टेक्नोलोजी र पेट्रोलियम इन्जिनियरिङ विषय अध्यापन गराउँदै आएको छ।
भौतिक शैक्षिक पूर्वाधारले सुसम्पन्न यस विश्वविद्यालयले प्रयोगात्मक कक्षासँगै अध्ययन पश्चात अवसरको पनि खोजी गर्ने जनाएको छ। यस विश्वविद्यालयका अध्यक्ष व्यवसायी मुकेश अम्बानी हुन्। उनका अनुसार विश्वस्तरीय शैक्षिक संस्था निर्माण गर्न चुनौतीपूर्ण छ तर यस विश्वविद्यालय सक्षम सावित भएको छ। केही वर्ष पहिले ऊर्जा क्षेत्रमा केन्द्रित यस विश्वविद्यालय यस क्षेत्रमा दक्ष जनशक्ती उत्पादनमा सक्षम छ। उनले भनेका छन्,‘विश्वविद्यालय आज महत्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित संस्थाको रुपमा रूपान्तरण भएको छ। विश्वविद्यालय शैक्षिक वातावरणको हिसावले पनि उपयुक्त र विद्यार्थी मैत्री वातावरण निर्माणमा जोड दिइएको छ। हामीले हालैका वर्षहरूमा स्कुल अफ टेक्नोलोजी र स्कूल अफ लिबरल स्टडीजको विकास गरेका छौँ। यी प्रत्येक स्कुलले पेट्रोलियम, सोलार, न्यूक्लियर र इन्जिनियरिङको क्षेत्रमा अनुसन्धान गर्दै आएको छ।’
अध्यक्ष अम्बानिका अनुसार आज कर्पोरेट क्षेत्रले एउटा युवा पुस्ता खोजेको छ जो ज्ञानी मात्र होइन, नयाँ सोचका लागि प्रशिक्षित पनि छन्। उनीहरूले कठिन चुनौतीहरूको सामना गर्ने र अभूतपूर्व सफलताका साथ विभिन्न क्षेत्रमा अवसरहरू सिर्जना गर्ने अपेक्षा विश्वविद्यालयको छ। विद्यार्थीको सीप र दक्षतामा जोड दिदैँ गतिशील, सहभागितामूलक वैज्ञानिक इनपुटहरू मार्फत विश्वविद्यालयले आविष्कार र अनुसन्धानमा काम गर्छ।व्यापारीक घरानाको सम्लग्नता रहेका कारण पनि विद्यार्थीलाई अध्ययन पश्चात अवसर प्राप्त गर्न सहज हुने विश्वास विश्वविद्यालय व्यवस्थापकको छ।