Logo
06 Dec 2023    २० मंसिर २०८०, बुधबार

ताजा खबर

अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसी बन्द गराइने: मेयर बालेन शासकीय सुधारका लागि आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण ग्राउन्ड ह्यान्डलिङ खोसिएको विरोधमा नेपाल एयरलाइन्सका कर्मचारी आन्दोलित आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता: एनसेल वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्ने: प्रधानमन्त्री दाहाल

पानी प्रशोधन उद्योगमा सिलबन्दी

Reporter

सरकारी अनुगमन टोलीले बुधवार टोखा नगरपालिकास्थित एक पानी प्रशोधन उद्योगमा सिलबन्दी गरेको छ।

अनुज्ञा पत्र नलिएको, जार भर्ने धारामा कपडा लगाएको, उद्योगको भौतिक पूर्वाधार प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका अनुसार नपाइएसँगै उद्योगलाई सिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

उद्योगको नाम नखुले पनि उद्योग परिसर भित्र कञ्चनजङ्घा नेचुरल स्प्रिङ नेचुरल मिनिरल वाटर इन्डस्ट्री, टोखा काठमाडौँ लेखेको स्टिकर अनुगमन टोलीले फेला पारेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतबाट सहभागी अनुगमन टोलीले प्रशोधन कक्षको दुई वटै ढोकामा शिलछाप लगाएर उत्पादन कक्ष बन्दै गर्दै उद्योग परिसर भित्र बस्ने विकास राईलाई तीन दिन भित्र सञ्चालकसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

अनुगमन टोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रतिनिधिसहित तीन नम्बर वडा प्रतिनिधि, नेपाल प्रहरी, उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, बोटल वाटर उद्योग सङ्घ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको