Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

हामीले ‘ए ए’ भन्दाभन्दै टिपरले ब्याक गरेर मार्यो

admin

tipper

सूर्यविनायक नगरपालिका–२ बालकोटमा गए राति करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ।
ना ४ ख ८१८२ नम्बरको टिपरले बा ९९ प ८२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार २४ वर्षीय मनोज मगरको मृत्यु भएको महानगरीय प्रहरीबृत्त ठिमि संचारशाखाले बताएको छ ।
तीब्रगतिमा आएको टिपरले बालकोट हुँदै घरजाँदै गरेका महोत्तरी स्थायी घरभई हाल ललितपुरको चाँगाथली विष्णुटोल बस्दै आएका मगर सवार मोटरसाईकललाई बालकोटको मेरिगोल्ड ईङ्गलिस स्कुल अगाडि ठक्कर दिएको प्रतक्ष्यदर्शीले बताए।
‘टिपर हुर्इँकिएर आयो, बालकोटतर्फ जाँदै गरेको मोटरसाइकलाई ठक्कर दियो, मोटरसाइकल लडेको देखेर हामीले ए ए भन्दाभन्दै टिपरले ब्याक गरेर फेरि किच्यो।’

प्रहरीले टिपर र टिपर चालकलाई भगाएको प्रत्यक्षदर्शीले आरोप लगाएका छन्। प्रहरीले टिपर चालकलाई पक्राऊ गरेपछि भगाएको स्थानीयको भनाइ छ। स्थानीयले टिपर तोडफोड गर्न लागेपछि प्रहरीले लाठीचार्ज गर्दा बालकोट केहीबेर निकै तनाबग्रस्त बनेको थियो।
घटनाका कारण कौशलटार हुँदै बालकोट, सिरूटार, बिरुवा, ललितपुरको चाँगाथली, टीकाथली, लुभु, लामाटार जानेहरु बाटोमै अलपत्र परेका थिए भने बसमा आएका यात्रु रातको समयमा केहिबेर अलपत्र परे ।
महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले भने ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएको र चालक तथा टिपर मालिकबारे जानकारी नआएको जानकारी गराए।
टिपर चालक फरार रहेकाले खोजी कार्य भईरहेको उनले बताए। घट्नास्थलमा राति सवा १० बजेसम्म आक्रोसित स्थानीयले टिपर र प्रहरी विरुद्ध नाराबाजी गर्दै टिपर बन्द गर्न माग गरेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको