Logo
01 Dec 2023    १५ मंसिर २०८०, शुक्रबार

ताजा खबर

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ? नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आग्रह खुलेन विमानका लागि युरोपेली आकाश, प्रतिबन्ध काय​मै नक्कली भुटानी शरणार्थी प्रकरणमा बहस सकियो, शुक्रबार फैसला

मन्थली विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

Reporter

रामेछापस्थित मन्थली विमानस्थलमा झगडा गरेका दुई पाइलटको लाइसेन्स निलम्बन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार तारा एयरका पाइलटहरू सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स निलम्बन गरेको हो।

प्राधिकरणले राष्ट्रिय उड्डयन सुरक्षा उल्लंघन गरेको भन्दै तत्कालका लागि पाइलटहरूलाई उडानमा रोक लगाएको हो।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले छानबिनका लागि दुई पाइलटको लाइसेन्स स्थगन गरेको बताए। अर्को निर्णय नभएसम्म हालका लागि दुवै पाइलटलाई जहाज उडाउन नपाउने गरी ग्राउन्डेड गरिएको उनले बताए । लुक्लाबाट मन्थली विमानस्थलमा शुक्रबार बिहान जहाज अवतरण गरेपछि दुई पाइलटबीच झगडा भएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको