Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

म्यान अफ द म्याच घोषित सन्दिपको उत्कृष्ट प्रदर्शनले केरलाको विजयी सुरूवात

admin

नेपाली राष्ट्रिय टोलीका महत्वपुर्ण सदस्य सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा केरला किङसले युएईमा जारी टी-१० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ ।

बुधबार भएको खेलमा साविकको विजेतासमेत रहेको केरलाले साहिद अफ्रिदिको पख्तुनलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

सारजाहमा पख्तुनले दिएको ११० रनको लक्ष्य केरलाले ७।५ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो।

केरलाका लागि कप्तान इयान मोर्गनले नटआउट रहदै ४६ रन जोडे। यस्तै पाउल स्ट्रलिङले ४० रन जोड्दा क्रिस गेल भने १३ रनमा आउट भए।

यसअघि नेपाली युवा लेग स्पिनर लामिछाने चम्किएपछि पख्तुनले पुरै १० ओभर खेल्दै ५ विकेट गुमाएर १०९ रन जोडेको थियो।

पख्तुनका लागि क्यामरुन डेलपोर्टले अविजित २८ तथा अन्द्र्यु डसनले २५ रन जोडेका थिए।

पख्तुनलाई सस्तैमा रोक्न म्यान अफ दी म्याच लामिछानेले २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए।

Man of the mach sandeep

सन्दीपले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएका थिए भने आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिएका सन्दीपले अन्तिम बलमा समेत एक विकेट लिए ।

चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले आक्रामक ब्याटिङ गरिरहेका वेष्ट इण्डिजका आन्द्रे फ्लेचरलाई फेरी पहिलो बलमा पेभेलियनको बाटो देखाए। फ्लेचर ३२ रनमा आउट भए। त्यसपछि अन्तिम बलमा सन्दीपले दक्षिण अफ्रीकाका कोलिन इन्ग्रामलाई १ रनमा आउट गरे।
त्यसैगरी छैटौं ओभरको चौथो बलमा सन्दीपले मुहमद कलिमलाई शून्य रनमा आउट गरेका थिए ।

जितसँगै केरलाले २ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। यसअघि पहिलो खेलमा १० विकेटले विजयी भएको राजपुत रनरेटका आधारमा शीर्ष स्थानमा रहेको छ।

केरलाले दोस्रो खेलमा बिहिबार सिन्धिसको सामना गर्नेछ।

क्रिकेटको छोटो स्वरूपको प्रतियोगिता खेल्न सन्दीप आइतबार युएई गएका थिए।

प्रतियोगिताको लागि सन्दीपलाई केरलाले ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको