Logo
01 Dec 2023    १५ मंसिर २०८०, शुक्रबार

ताजा खबर

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ? नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आग्रह खुलेन विमानका लागि युरोपेली आकाश, प्रतिबन्ध काय​मै नक्कली भुटानी शरणार्थी प्रकरणमा बहस सकियो, शुक्रबार फैसला

जाजरकोट ६.४ म्याग्निच्युडको भूकम्पमा, उद्धारमा जुट्न प्रधानमन्त्रीको निर्देशन

Reporter

जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भुकम्प गएको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मीको टोलीसहित जाजरकोट जान लागेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहानैदेखि घाइतेको खोज र उपचारका लागि सुर्खेतबाट तीन वटा हेलिकप्टर परिचालन भएका छन् ।

‘‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति चार पटक ६.४,४.८,४.२, ४.३ म्याग्निच्युडको भूकम्पका कारण रूकुम पश्चिम र जाजरकोटका सयौको मृत्यु र घाइते भएको खबरले अत्यन्त मर्माहित बनायो’’, प्रधानमन्त्रीको निजी सचिवालयले भनेको छ, ‘‘घाइतेहको तत्काल खोज तथा उद्धारका लागि सुरक्षाका तीनवटै निकाय, स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय युवाहरू लाग्नुभएको छ।’’ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ठूलो भूकम्पपछि लगातार परकम्प गएका छन् । मध्यरातमा ठुलो भूकम्प गएकाले ठूलो क्षति भएको अनुमान गरिएको छ । प्रधानमन्त्री कार्यालयले सयौंको मृत्यु भएको उल्लेख गरे पनि एकिन विवरण आइसकेको छैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको