Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै

Reporter

सरकारले आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै छ । स्वास्थ्य मन्त्रालयको आह्वानमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत हिजो खुवाउन छुटेका बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो ।

सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित रुपमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने गरेको छ ।

तर, यसपटक सो समयमा नेपालीहरूको महान पर्व बडादशैँ परेपछि पूर्व निर्धारित मिति सार्नु परेको थियो । जसका कारण यसपटक सो कार्यक्रम कात्तिक १७ र १८ गते राखिएको हो ।

अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कार्यक्रम अन्तर्गत १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरूलाई जुकाको औषधि पनि खुवाइने योजना रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको