Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १२८ पुग्यो

Reporter

जाजरकोट केन्द्रबिन्दु भए गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ। भूकम्पमा परी आज  बिहानसम्म जाजरकोटमा ९२ जना र रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

त्यस्तै जाजरकोटमा ७० र रूकुम पश्चिममा ८५ जना घाइते भएका छन्। अहिलेसम्म  १०८ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पताल लगिएको पनि एसएसपी भट्टरईले जानकारी दिए। भूकम्प प्रभावित क्षेत्रमा उद्धार र खोजी तीब्र पारिएको र तीन वटै सुरक्षा निकाय परिचालन भएको उनले बताए।

जाजरकोट केन्द्रबिन्दु भएर गएराति ११:४६ बजे ६.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पले जाजरकोट र रूकुम पश्चिममा ठूलो क्षति पुगेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पनि भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न त्यसतर्फ गएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको